झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

फस्टाउँदै साबुन उद्योग

दाङ – बबई गाउँपालिकाको प्रशासनिक केन्द्र  रहेको  हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गर्नुभएको हो । 

रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समयसम्म कामगर्ने अवसर पाउनुभएका विकले अहिले आफैले उद्योग सञ्चालन गरी बजारमा साबुन र सर्फ बिक्रीका लागि ल्याउनुभएको छ । उहाँले आफूले उत्पादन गरेको  साबुनले राम्रो बजार पाएको बताउनुभयो । विकले केही समयअघि रु एक करोड २५ लाखको लगानीमा दया उजेली साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।  उहाँको उद्योगले लुगा धुने साबुन र सर्पm उत्पादन गरी बजारमा ल्याएको छ । उहाँले केही समयपछि भाँडा र हात सफा गर्ने झोल उत्पादन गर्ने तयारी गरिएको बताउनुभयो ।

उत्पादन गरिएको साबुन र सर्पm बिक्रीमा कुनै समस्या नरहेको विकले बताउनुभयो । साबुन उद्योगबाट उत्पादन भएका साबुन र सर्फ  यहाँका बजारमा बिक्री हुने गरेका छन् । एउटा साबुनलाई रु ४० र एक किलोग्रामको सर्फलाई रु एक सय मूल्य निर्धारण गरिएको छ । 

उहाँको उद्योगले अहिले तीन जनालाई रोजगारी पनि दिएको छ । उद्योगले सुरुवातमा कमाइ राम्रो गरेको र अहिलेसम्म उद्योगमार्फत नमूना उत्पादन भएको भन्दै सञ्चालक विकले भविष्यमा बजार व्यवस्थापन गर्न सकेको अवस्थामा कमाइसँगै कामदार थप्ने अपेक्षा लिनुभएको छ । साबुन उत्पादनका लागि कच्चा पदार्थ पकाउनका लागि कराइ र थप दुई मेसिन राखिएको छ । 

यस्तै सर्पm उत्पादनका लागि दुई मेसिन जडान गरिएको छ । साबुन उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ भने  भारतबाट ल्याउने गरिएको छ । उहाँले कच्चा पदार्थ ल्याउँदा आफूले सास्ती खेप्नुपरेको अनुभव सुनाउनुभयो । त्यहाँ उत्पादन गरिएका सामान जिल्लाका अन्य बजारमा पनि बिक्री हुने गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : १८ बजे