झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

काठमाडौँ  । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

यसअघि बुधवार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।  यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि बुधवार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदीको तोला  १ हजार४ सय ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यसअघि बुधवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ११ : ५८ बजे