झ्याप्लेखोलाबाट २५ शव निकालियो

अर्बपति चौधरीले संसदको १ हजार पनि छोडेनन्

काठमाडौँ – नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी हुन्  ।

विश्वकै १९२९ औँ धनीमा दरिएका विनोद चौधरीले अर्थतन्त्र खस्किएको नेपाल जस्तो गरिब मुलुकको ढुकुटीबाट मासिक ९ हजार रुपैयाँसमेत दुहिरहेको छन् । अर्बपति चौधरीले विशेष भत्ताबापत पाइने १ हजार रुपैयाँ समेत छोडेका छैनन् ।

अर्बपति चौधरी नेपाली कांग्रेसको समावेशी मधेशी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य हुँदै नवलपरासीबाट सांसद समेत बनेका छन् तर उनले घर मर्मत शीर्षकमा संसद सचिवालयबाट मासिक ९ हजार नियमित दोहन गरिरहेका छन् । 

संघीय संसद सचिवालयले जनाएअनुसार ‘काठमाडौंमा घर नभएका प्रत्येक सदस्यलाई अनुसूची (१) बमोजिमको रकम आवास सुविधाबापत दिइने’ छ । राजधानीमा घर भएका सांसदहरूले संघीय संसदका पदाधिकारी तथा सांसदहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ६ (२) बमोजिम आवास मर्मत सम्भार शीर्षकमा ९ हजार बुझ्ने गर्छन् । त्यही आवास मर्मत सम्भार शीर्षकमा खर्च लिने सूचीमा विनोद चौधरीको नाम छ। अर्बपति चौधरीले  धारा, बिजुलीबापत १६००, सञ्चार सुविधा २ हजार, विशेष भत्ताबापत ८०० बुझेका छन्  । 

संघीय सांसदको तलब ६६ हजार ७० रुपैयाँ छ । माघ, फागुन, चैतमा सोही बराबरको तलब बुझेका चौधरीले पछिल्लो तीन महिनामा आवास सुविधावापत ९ हजारका दरले २७ हजार लगिसकेका छन् । चौधरीले कांग्रेस पार्टीलाई १० हजारका दरले लेबी तिर्ने गर्छन् ।

अर्बपतिको सूचीमा रहेका चौधरीले कोभिड कालमा सबै व्यापारी सुक्दासमेत उनको सम्पत्ति १६ करोड डलरले बढेको थियो  ।

हरेक वर्ष सम्पत्ति बढ्ने तर राज्यलाई कर तिर्ने मामलामा उनी जहिल्यै पुच्छारमा पर्दै आएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  २ : ५५ बजे