झ्याप्लेखोलाबाट २५ शव निकालियो

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अङ्गुर १३० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवी ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अदुवा १३० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २३० रुपैयाँ, कुरिलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, घिरौँला २५ रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैयाँ, तराइ परवर र न्युरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ६० रुपैयाँ, भ्यान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ५० रुपैयाँ केजी, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका २५ रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ११ : ५२ बजे