झ्याप्लेखोलाबाट २५ शव निकालियो

उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि मतदान सुरु

​​​​​​​काठमाडौँ  । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन सुरु भएको छ।

उद्योगी व्यवसायीहरूको छाता संस्था महासङ्घको ५७ औँ साधारण सभाले महासङ्घको नयाँ नेतृत्वको लागि केही समय ढिलो गरी मतदान सुरु भएको हो ।  प्रज्ञा भवन कमलादीमा बिहान ८ः०० बजेबाट सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै केही ढिला गरी मात्र मतदान सुरु भएको हो । 

यस महासङ्घको मङ्गलवार उद्घाटन भएको थियो । मङ्गलवारबाट सुरु भएको साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनुहुनेछ भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायत सदस्य पदका लागि भने आजबाट निर्वाचन भएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसक्नुभएको छ । यसरी निर्वाचित हुने महासङ्घको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनुहुनेछ । 

साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ । 

यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १० : ४५ बजे