झ्याप्लेखोलाबाट २५ शव निकालियो

सुन ७ सयले घटदा चाँदीकाे पनि मूल्य घट्याे

काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुन सोमबार ७०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।

उता, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 तेजावी सुनको मूल्य भने तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार चाँदीको भाउ पनि घटेको छ ।  आज चाँदी १० रुपैयाँले घटेर तोलाको १४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो । 
 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ११ : ४६ बजे