झ्याप्लेखोलाबाट २५ शव निकालियो

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। 

शुक्रवार २०० रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रवार पनि सोही मूल्यमा खरिदबिक्री भएको छ । 

चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रवार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो । 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ११ : ३४ बजे