झ्याप्लेखोलाबाट २५ शव निकालियो

घट्यो बोइलर कुखुराको मूल्य

काठमाडौं । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबारदेखि लागु हुनेगरी बोइलर कुखुराको मूल्य घटाएको  छ ।

संघका सचिव देव गिरीकाअनुसार मंगलबारदेखि लागु हुनेगरी जिउँदो बोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको जनाएका छन् ।

हाल बजारमा  तयारी मासुको मूल्य ४२० रुपैयाँ औसत रहेको थियो भने अब ३८० रुपैयाँको हाराहारी रहने गिरीले बताएका छन्  । भारतबाट अवैध मासु र चल्ला आयात भएका कारण नेपालमा मासुको मूल्य सस्तो भएको उनले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : ५५ बजे