झ्याप्लेखोलाबाट २५ शव निकालियो

लुक्लामा पर्यटकको चाप उच्च : आज तारा एयरका १५ वटा उडान

काठमाडौं – तारा एयरलाइन्सले कोरोनापछि सबभन्दा धेरै हिमाली जिल्लामा उडान गरेको छ ।

एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाका अनुसार यतिको भगिनी संख्या तारा एयरले आज रामेछापबाट मन्थलीका लागि १५ वटा उडान भएका छन् । यो हालसम्मकै बढी संख्याको उडान हो । कोरोनापछि गत यस महिनामा सबभन्दा बढी पर्यटक नेपाल आएभन्ने तथ्यांक बाहिरिनु र लुक्लाको फ्लाइट संख्या बढ्नुले नेपालमा विदेशी पर्यटकको चहलपहल पूर्ववत अवस्थामा फर्किएको भन्ने सकिने आधार दिएको बर्तौलाको भनाइ छ ।

केही महिना अघिदेखि रामेछापबाट लुक्ला उडान सुरु गरिएको हो । काठमाडौंबाट हुने उडानमा ट्राफिक समस्यका कारण उडान र अवतरणको संख्या थोरै मात्र गर्न सकिने भएको बैकल्पिक एयरपोर्टबाट उडान सुरु गरिएपछि पर्यटकलाई पनि सहज भएको छ । २५ मार्चबाट तारा एयरले रामेछाप लुक्ला उडान सुरु गरेको हो । पर्यटको सुविधालाई ध्यानमा राखेर तारा एयरले रामेछापमा नै दुईवटा जहाज रात्री विशासन गर्ने गरेको छ । आफ्ना कर्मचारी राख्नका लागि तारा एयरले एक वर्ष देखि रामेछापमा क्याम्प सञ्चालन गरेको बर्तौलाले जानकारी दिनुभयो ।

बर्तौलाले दिएको जानकारी अनुसार आज पोखराबाट जोमसोम ८ वटा फ्लाइट भएका छन् । यसैगरी न्पालगञ्जबाट बाजुरा र जुम्लाका लागि पनि एक एकवटा उडान भएका छन् । ‘करिब चारवर्ष पछिको यो उत्साहजनक उडानबाट हामी खुशी छौं’ बर्तौलाले यो बेला डट कमसँग भन्नुभयो ‘नेपालको पर्यटन क्षेत्र अब पर्यटन पूर्वको लयमा फर्किदैछ भन्ने कुराको पुष्टी आजको उडान संख्याले गरेको छ । ’

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : ३१ बजे