झ्याप्लेखोलाबाट २५ शव निकालियो

एक हजारले बढ्यो सुनको मुल्य

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार उक्त सुन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ११ : ५५ बजे