झ्याप्लेखोलाबाट २५ शव निकालियो

बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौँ । बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । 

नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरू जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरूले आफ्नो इजाजत पत्र अर्थात् लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । 

यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरूले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।

बिमा प्राधिकरणले बिमा ऐन २०७९ मा बिमक नवकिरणसम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बिमा कम्पनीको इजाजत पत्र नवीकरण गर्नु नपर्ने जनाएको हो ।

साबिक बिमा ऐन २०४९ मा हरेक वर्ष बिमा कम्पनीहरूको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ११ : २४ बजे