झ्याप्लेखोलाबाट २५ शव निकालियो

यस्तो छ आज तरकारीको तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । 

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । 

यसैगरी, कालो अङ्गुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अङ्गुर ११०, आभोकाडो ५००, किवी ४०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ । 

यस्तै, कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ रहेको छ ।  ब्रोकाउली ९० रुपैयाँ, काउली स्थानीय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, रायोको साग ६०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ ।

यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भन्टा लाम्चो र स्कूस ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी, राजमा घिउ सिमी र तिते करेला ११० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, सुकेको प्याज ३३ रुपैयाँ, भिण्डी १०० रुपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनियाँ ३० रुपैयाँ र कागती २६० रुपैयाँ प्रतिकेजी रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : १९ बजे