झ्याप्लेखोलाबाट २५ शव निकालियो

मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । आयोजना प्रभावित स्थानीयले मोदी इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

आज चैत १६ गते बैङ्किङ समयपश्चात् आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री बन्द हुने कम्पनीले जनाएको छ । 

जसअनुसार पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिकाको ३ र ८ वडा तथा मोदी गाउँपालिकाको ५, २, ६ वडाका  बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। जसअनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने प्रतिकित्ता १०० रुपैयाँको दरले आइपिओ भर्न सकिनेछ। 

आयोजना प्रभावित स्थानीयले सनराइज बैङ्क, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क, एनआइसी एसिया बैङ्क र कुमारी बैङ्कको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

मोदी इनर्जीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री खुला गरेको हो। 

मोदी इनर्जीको आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई भने चैत ९ गतेसम्म आइपिओ बिक्री खुला भएको थियो। कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०५ अर्थात् २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो। 

यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : ०६ बजे