यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

अमेरिकाले युक्रेनलाई दियो दुई अर्ब बराबरको सैन्य सहायता

वासिङटन डिसी । अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ। 

यसै साता अप्रत्यासित रूपमा युक्रेनको राजधानी किभ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेन फर्के लगत्तै सो अमेरिकाले सहयाता घोषण गरेको हो । 

युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता प्रदान गर्ने घोषणा गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीएनएनलाई बताए। 

‘संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,’  राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले भने ।  यद्यपि उनले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण भने दिन आनाकानी गरेका छन् । 

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलव्ध गराउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग सो यात्राको क्रममा प्रतिबद्धता जनाएका थिए । अमेरिकाले घोषणा गरेको सैन्य सहायतामा गोला बारूद तथा युद्ध उपकरण समावेश हुने बुझिएको  छ।

अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता नभएकाे जनाएकाे छ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ५४ बजे