यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

हिमपहिरोमा अफगानिस्तानको उत्तरी प्रान्तमा चार जनाको मृत्यु, ३० घर ध्वस्त

फैजाबाद । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तका दुईवटा गाउँमा गएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु हुनाका साथै ३० घरहरू ध्वस्त भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

प्रान्तको कोफाब जिल्लामा बुधबार गएको हिमपहिरोमा परी विपन्न परिवारलाई सहयोग गर्न प्रदेश सरकारले मानवीय सहायता स्वरुप नगद र राहत सामग्री पठाएको प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिला विभागका प्रादेशिक सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले जानकारी दिएका छन् । 

भारी हिमपात, चिसो मौसम र हिमपहिरोका कारण गत महिना अफगानिस्तानमा बालबालिकासहित करिब २०० जनाको मृत्यु भएको थियो । बदख्सान प्रान्तमा मात्र ३० भन्दा बढीको मृत्यु भएको छ ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ४ : १८ बजे