यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता

कीभ – अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गर्नु भएको छ ।  ह्वाइट हाउस पुलले जनाएअनुसार उहाँले सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता हुनु भएको हो ।  राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ।

पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई  राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ । 

रासस-एएफपी

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ४७ बजे