यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते

ब्राजिल । ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

सान्ता क्याटारिना राज्यको फ्लोरियानो पोलिस राज्यको कारागारको एउटा कोठामा रहेको एउटा डसना (गद्दा)बाट आगलागी सुरू भएकोे पेनिटेन्टियरी अफेयर्स कमिसनका प्रमुख विलियम शिन्जाटोले जानकारी दिनुभयो । 

ब्राजिलको बार एशोसिएशन अर्डर अफ लयर्सका अनुसार तीनै जनाको मृत्यु धुवाँले निस्सासिएर भएको पुष्टि भएको छ । 

ब्राजिलको ग्लोबोन्यूज अनलाइन पत्रिकाका अनुसार आगो नियन्त्रणमा लिइएको र जेलको अन्य भागमा फैलिएको छैन ।
 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ३ : ४८ बजे