यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सडक दुर्घटनमा छ जना प्रहरीसहित सातको मृत्यु

मनिला । दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । 

मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला  मालबाहक ट्रकलाई उछिन्न खोज्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा १९ जना प्रहरी घाइते भएका छन्भने एक जनाको अवस्था गम्भीर छ । 

यसैबीच, जापानको तोचिगी प्रिफेक्चरस्थित तीनवटा आवासीय घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान तीनवटा घरमा आगो लाग्दा दुई जना पुरुषको ज्यान गएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । तीनवटै घर पूर्णरूपमा नष्ट भएका छन् । तीनघण्टापछि आगो निभाइएको थियो । सुरक्षा अधिकारीहरू आगलागीको कारण पत्ता लगाउन तथा मृतकको पहिचानमा जुटेका छन् । 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : ३२ बजे