यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

टर्की भूकम्प : मृत आमासँग सालनाल जोडिएको बालिकाको  उद्धार

काठमाडाैं – टर्कीको भूकम्पमा एक पछि अर्को जादुमयी उद्धार भएका छन् ।

केही दिन अगाडि मृत आमासँग सालनाल जोडिएर पनि बाँचेका बालिकाको  उद्धार भएको थियो । पछिल्लो समयमा १४० घण्टापछि १३ वर्षकी बालिकाको जीवितै उद्धार गरिएको छ ।

टर्कीको विश्व च्यानल टिआरटी वर्ल्डका अनुसार टर्कीको गाजिआन्तेप प्रान्तमा भूकम्पमा पुरिएको १४० घण्टापछि बालिकाको उद्धार गरिएको हो । भूकम्पले लडेको घरमा पुरिएको अवस्थामा बालिका भेटिएकी थिइन ।

यस्तै टर्कीको आन्ताक्य सहरमा दुई महिनाका बालकलाई भूकम्प आएको १२८ घण्टापछि उद्धार गरिएको छ ।

सोमबार टर्की र सिरिया क्षेत्रमा गएको भूकम्पमा परेर टर्कीमा मात्रै २५ हजार हाराहारीको ज्यान गएको छ भने ८० हजार भन्दा बढी घाइते भएको टिआरटी वर्ल्डले उल्लेख गरेको छ ।-एजेन्सी 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : ५३ बजे