हमाद अन्तरराष्ट्रिय विमानस्थलद्वारा वार्षिक चार करोड यात्रुहरुको आवागमन गराउँने लक्ष्य

दोहा – कतारको मुख्य अन्तरराष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरुको आवागमन पुर्याउँने लक्ष्य लिएको छ ।  विश्वकप आयोजना हुनु खाडी राष्ट्रका लागि आफ्नो प्रतिष्ठा बढाउन महत्त्वपूर्ण रहेको पर्यटन विभाग प्रमुखले बताएका छन् । 

हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट सन् २०१९ मा कोरोनाभाइरस महामारीको हुनु अघि तीन करोड ९५ लाख यात्रुहरूको आवागमन भएको थियो।

पर्यटन मन्त्री तथा कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल-बकरले विमानस्थलमा विभिन्न किसिमका प्रतिबन्धले यात्रुहरूको उल्लेख्य आवागमनमा असर परेको  बताएका छन् । 

"यदि हामीसँग विभिन्न प्रतिबन्धात्मक असर नभएको भए निर्धारित लक्ष्य पार गर्ने थियौं,"  मन्त्री बेकरले ज्वेलरी र वाच शो घोषणा गर्ने क्रममा पत्रकारहरूमाझ  सो दारणा राखेका हुन् । यहाँ  अन्तरराष्ट्रिय आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्यका साथ नयाँ कार्यक्रमहरू घोषणा गरिएका छन् ।

उनले भने- यस विमानस्थलबाट भएको तीन करोड ९५ लाख यात्रुको आवागमनले म सन्तुष्ट छैन । हामी आशा गरौँ  यस वर्ष हामीले हमाद हुँदै जाने यात्रुहरूको सङ्ख्यामा रेकर्ड तोड्नेछौं।" 

कतारले  यस विमानस्थलबाट वार्षिकरूपमा सात करोड यात्रुहरूको आवागन गराउन सक्ने क्षमताका साथ विस्तार गर्दैछ।  

रासस-एएफपी

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ५० बजे