स्वतन्त्रा दिवसको उपलक्ष्यमा श्रीलङ्कामा ५८८ जना बन्दी रिहा

कोलोम्बो । श्रीलङ्काले आफ्नो ७५ औं स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना  कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ ।

ती कैदी बन्दीहरूमा ५५७ जना लागुऔषध मुद्दामा अदालतले दोषी ठहराएका तर सुधारगृहमा पठाउँदा सुधार हुने विश्वास गरिएका र अन्य ३१ जना कैदीहरू उनीहरूको चालचलन र व्यवहारमा सुधार देखिएकाले छोडिन लागिएको हो । 

श्रीलङ्काकको संविधानको धारा ३४ अनुसार राष्ट्रपतिमा निहित अधिकारको प्रयोग गरी ती कैदिबन्दीलाई रिहा गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।   

गत वर्षको स्वतन्त्रता दिवसको उपलक्ष् १९७ जना बन्दीलाई रिहा गरिएको थियो। श्रीलङ्का  सन् १९४८ फेब्रुअरी ४ मा मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको थियो।  
आज  उसले ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ छ । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ०६ बजे