भारतीय व्यवसायी अडानीले गुमाए तीन दिनमा ६५ अर्ब डलर

काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले तीन दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् ।

अडानी समूहका कम्पनीको शेयर मूल्य घटेपछि उनको सम्पत्ति घटेको हो ।

टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टका अनुसार पछिल्लो तीन दिन अर्थात २५, २७ र ३० जनवरीको कारोबारमा अडानी समूहको बजार पूँजीकरण २९ प्रतिशतले घटेको हाे ।

अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिन्डनबर्गले अडानीका कम्पनी र लगानीमाथि प्रश्न उठाएर प्रतिवेदन सार्वजनिक गरेका कारण उनकाे कम्पनीको शेयर मूल्य घटेको हो ।

सम्पत्ति घटेपछि अडानी विश्वको पाँच धनी व्यक्तिको सूचीबाट हटेका छन् र उनी अहिले विश्वको आठौँ धनी व्यक्ति बनेका छन्

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ३ : २३ बजे