दश महिनामा म्यानमारको वैदेशिक व्यापार १८.४७ प्रतिशतले बढ्यो

याङ्गुन । गत वर्ष अप्रिलदेखि शुरु भएको आर्थिक वर्ष २०२२-२३ को करिब १० महिनामा म्यानमारको कुल वस्तु आयात र निर्यात गत वर्षको तुलनामा १८.४७ प्रतिशतले बढेर २७ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ ।

शनिबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार गत वर्षको अप्रिल १ देखि यस वर्षको जनवरी २० सम्ममा अघिल्लो वर्षको तुलनामा निर्यात १४.२५ प्रतिशतले बढेर १३ अर्ब ३६ करोड डलर पुगेको छ भने आयात २२.८५ प्रतिशतले बढेर १३ अर्ब ८२ करोड डलर पुगेको छ ।

यस अवधिमा देशको कुल व्यापारको ७६.०४ प्रतिशत समुद्री मार्गबाट र २३.९६ प्रतिशत स्थल मार्गबाट भएको छ ।
दक्षिणपूर्वी एसियाली देशले प्राय: आफ्नो विदेशी व्यापार समुद्री मार्गबाट गर्ने गर्छ । यसले चीन, थाइल्याण्ड, बङ्गलादेश र भारतसँग सीमा व्यापार गर्दछ।

देशले कृषिजन्य वस्तु, पशुजन्य उत्पादन, मत्स्यपालन, खनिज तथा वनजन्य उत्पादन, उत्पादनजन्य वस्तुहरू र अन्य निर्यात गर्छ भने पुँजी आयात गर्छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : ३९ बजे