कोलम्बो। श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३.५ प्रतिशतको हारहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने वृद्धि हुने राष्ट्रपति रनिल विक्रमासिङ्घेले शनिबार बताउनुभएको छ ।
यो सँगसँगै सरकारले कार्यान्वयन गरेका आर्थिक आयोजना र ऋण पुनर्संरचना कार्यक्रम अवरुद्ध भए मुलुक आर्थिक सङ्कटमा फस्ने खतरा रहेको राष्ट्रपतिले चेतावनी दिनुभएको छ ।
उत्तर मध्य प्रदेशको राजधानी अनुराधापुरामा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले यस्तो टिप्पणी गर्नुभएको हो ।
प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १० : २७ बजे
प्रतिक्रिया