युक्रेनमा व्यापक हवाई आक्रमण

किएभ । रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ । 

 ‘हामी ३० भन्दा बढी क्षेप्यास्त्रको प्रहार भएको अनुमान गरेका छौ,  यी क्षेप्यास्त्रहरु पहिले नै विभिन्न क्षेत्रहरूमा देखा पर्न थालेको छ’ युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले स्थानीय सञ्चार माध्यमलाई जानकारी दिनुभएको छ । 
 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ४ : ४३ बजे