तिब्बतमा हिम पहिरो : कम्तीमा ८ जनाको मृत्यु

बेइजिङ । तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको न्इङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।  चीन सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको छ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार  मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो । हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए । हिम पहिरोमा कति मानिस हराइरहेका छन् भन्ने बारेमा यकिन हुन बाँकी छ । 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ११ : २० बजे