न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने

न्यूजिल्याण्ड । न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने घोषणा गर्नुभएको छ । “मेरो लागि यो राजीनामाको समय हो”, उहाँले आफ्नो लेबर पार्टीका सदस्यहरूको बैठकमा भन्नुभयो । 

सन् २०१७ मा आर्डेनले गठबन्धन सरकारको नेतृत्व गर्नुभएको थियो । त्यसपछि उहाँको केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गरेको थियो  । 

हालैको चुनावमा उहाँको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखिएको छ । प्रधानमन्त्री आर्डेनले अर्को आम चुनाव अक्टोबर १४ मा हुने र त्यतिन्जेलसम्म उहाँ निर्वाचित सांसदको रूपमा जारी रहने बताउनुभयो।एजेन्सी

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : ३१ बजे