चिनियाँ राष्ट्रपति सीद्वारा विमान दुर्घटनाप्रति समवेदना व्यक्त

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार  राष्ट्रपति विद्यादेवी भण्डारीलाई  नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाउनुभएको छ ।

आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ ।  दुर्घटनामा आफन्त गुमाउँने शोक सन्तप्त परिवारप्रति उहाँले चिनियाँ सरकार र जनताको तर्फबाट गहिरो समवेदना समेत व्यक्त गर्नु भएको छ।

रासस-सिन्ह्वा

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : ०६ बजे