जकार्ता । इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा आज बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल) दक्षिण पूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।
भूकम्पले पुर्याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।
एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानको कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ । नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसङ्ख्या भएको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो क्षति भएको थियो । एजेन्सी
प्रकाशित मिति : २ माघ २०७९, सोमबार ९ : २४ बजे
प्रतिक्रिया