क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । 

आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको र ठुलो भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ  । बाढीले  सडक भत्किएका र पोलहरू ढलेका छन् ।

आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । 

त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । आँधी अरू केही दिनसम्म रहन सक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्साएको छ । 

सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ७ : ४९ बजे