कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसङ्घ  । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई कानुनी शासनको पालना गर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ– “म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसङ्घका सदस्य देशहरूलाई आग्रह गर्दछु भने हामी सबैले संयुक्त राष्ट्रसङ्घको मूल्य मान्यता र यसको बडापात्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानुनी शासनको पालनामा ध्यान दिनुपर्दछ ।”

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकलाई बिहीबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले त्यस बैठकमा विश्वका सबै देशहरूले आजको अवस्थामा संयुक्त राष्ट्रसङ्घको मूल्य मान्यतामा जोड दिँदै यसको महत्त्वका लागि कानुनी शासनको पालना गर्न र यसको बडापत्रमा ध्यान दिन आग्रह गर्नुभएको बताइएको छ ।

उहाँले विश्वमा शान्तिको स्थापना गर्न तथा अन्तर्राष्ट्रिय कानुनहरूको पालना र यसको प्रवर्द्धनका लागि विश्वका देशहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र र यसका मूल्य मान्यताहरूको सम्मान र प्रवर्द्धनमा जोड दिनुभएको पनि सो समाचारमा जनाइएको छ ।

विश्वमा शान्ति स्थापना गर्न तथा विश्वका नागरिकहरूमा  आत्मसम्मानको विकास गर्नका लागि पनि कानुनी शासनको पालना र यसको सम्मान अहिले निकै नै जरुरी रहेको उहाँको भनाई थियो ।

विश्वमा दिन प्रतिदिन हिंसा बढ्दै गएको छ र अहिले विश्वमा विभिन्न नयाँ स्वरूपहरूमा नागरिकहरूप्रति हत्या हिंसा बढ्दै गएको छ भन्दै यो सबै अवस्थाको अन्त्यका लागि कानुनी शासनको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो– “विश्वका विभिन्न देशमा हत्या हिंसा बढ्दै गएको छ । विभिन्न स्वरूपका हिंसात्मक गतिविधिहरू बढिरहेका छन् भन्दै यसका लागि सबैले कानुनको पालना र दोषीमाथि कानुनी शासन अनुरूप कारबाही हुनु जरुरी छ ।” रासस/सिन्ह्वा

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ११ : ३७ बजे