भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

चीनमा विदेशी यात्रुहरूका लागि क्वारेनटाइन नियम अन्त्य

बेइजिङ । चीनले आज आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेनटाइन मापदण्ड आवश्यकताहरू हटाएको छ । 

लगभग तीन वर्षको स्वआइसोलेसनको अन्त्य गर्दै देशले कोभिड केसहरूमा वृद्धि भएको बेला आजदेखि क्वारेनटाइन मापदण्ड हटाएको हो । 

बेइजिङले गत महिना अनिवार्य क्वारेनटाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो । प्रतिबन्ध अन्त्यसँगै ठुलो सङ्ख्यामा मानिसहरू कोभिड सङ्क्रमित बनेका छन् । 

प्रतिबन्ध नीतिले देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित गरेको छ । एजेन्सी

 

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ४८ बजे