भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पर्यटक आकर्षित गर्न दुबईले घटायो मदिरा विक्रीमा ३० प्रतिशत कर

दुबई । ​​​​​​​धनी खाडीका प्रमुख शहरहरूबीच प्रतिस्पर्धा बढ्दै गएपछि पर्यटकहरूलाई लोभ्याउन दुबईले मदिरा बिक्रीमा ३० प्रतिशत कर घटाएको छ ।

वितरकहरूद्वारा घोषणा गरिएको तर अधिकारीहरूले पुष्टि नगरेको कटौती विश्वको सबैभन्दा उच्च मूल्यहरू घटाउन तय गरिएको गरिएको देखिन्छ, जहाँ बियरको प्रति पिन्ट १५ डलरभन्दा बढी लाग्छ । 

वितरकहरु एमएमआई एन्ड अफ्रिका एन्ड इन्स्टर्नकाअनुसार २१ वर्षभन्दा माथिका गैर–मुस्लिमहरूलाई उपलब्ध व्यक्तिगत मदिरा इजाजतपत्र अब निःशुल्क हुनेछ । ‘तपाईंलाई  मनपर्ने पेयहरू किन्न  सजिलो र सस्तो भयो’, एमएमआईले एक फेसबुक पोस्टमा कटौती विवरणमा भनेको छ । यसबारेमा दुबईका अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आइनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

दुबई युनाइटेड अरब इमिरेट्सको आर्थिक, व्यापार र पर्यटन केन्द्र हो । यो प्रमुख तेल निर्यातक मुस्लिम देश हो जसले बिस्तारै मदिरामा लाग्दै आएका बाधाहरू खुकुलो पारेको छ ।

छिमेकी साउदी अरेबियाको विपरीत धेरै जसो युएईले रेस्टुरेन्ट, बार र तोकिएका पसलहरू सहित इजाजतपत्र प्राप्त स्थानहरूमा मदिररा बेचेको छ । यद्यपि यसलाई सार्वजनिक रूपमा उपभोग गर्न सकिँदैन ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १ : ४३ बजे