भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पाकिस्तान र भारतबीच परमाणु प्रतिष्ठान र सुविधाहरूको सूची आदानप्रदान

इस्लामावाद – पाकिस्तान र भारतले आणविक स्थापना र सुविधाहरु विरुद्ध आक्रमण निषेध सम्झौता अन्तर्गत परमाणु प्रतिष्ठान र सुविधाहरूको सूची आदानप्रदान गरेका छन्।

३१ डिसेम्बर १९८८ मा पाकिस्तान र भारतबीच भएको आणविक हतियार स्थापना र सुविधाहरू विरुद्धको आक्रमण निषेधको सम्झौतामा हस्ताक्षर भएको थियो र २७ जनवरी १९९१ मा अनुमोदन भएको थियो।

सम्झौतामा प्रत्येक वर्षको जनवरी १ मा दुबै देशहरूले यसको परिभाषा भित्र पर्ने गरी आफ्ना आणविक प्रतिष्ठानहरू र सुविधाहरूको बारेमा एक-अर्कालाई जानकारी गराउने प्रावधान छ।

सम्झौता अनुसार पाकिस्तानमा रहेका आणविक प्रतिष्ठान र सुविधाहरूको सूची आइतबार परराष्ट्र मन्त्रालयमा इस्लामावादस्थित भारतीय उच्चायोगका प्रतिनिधिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

यससँगै भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका प्रतिनिधिलाई भारतको आणविक प्रतिष्ठान र सुविधाहरूको सूची पनि हस्तान्तरण गरेको छ।

सन् १९९२ जनवरी १ देखि सूची आदानप्रदान गर्ने प्रचलन जारी छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  २ : ५७ बजे