भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अफगानिस्तानको राजधानीमा शक्तिशाली विष्फोट

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिनु भएको छ ।

‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतवार सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ । थप विवरण नदिई घटनाको अनुसन्धान शुरु भएको उहाँले बताउनु भएको छ । 

 हालसम्म विष्फोटनको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन । 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ४ : २७ बजे