भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अमेरिकामा हिमपातको कहर: सयौँ उडान रद्द, हजारौँ यात्रु टर्मिनलमै सुत्न बाध्य

न्युयोर्क । घातक हिम आँधीसँगै उडान रद्द र डिले हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् । 

झन्डै २८ सय उडान रद्द भएका छन् भने १३ सय उडान डिले भएका छन् । उडान ट्र्याकिङ गर्ने फ्लाइट अबेरका अनुसरा अलपत्र परेका हजारौँ यात्रुहरू टर्मिनलमै सुतिरहेका छन् । 

बिहीबार उड्ने तालिकामा रहेका २३ सयभन्दा बढी उडान रद्द भएका छन् । चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरू बरफ र हिउँले घेरिएका घरहरूमा फसेका छन् ।

रद्दका कारण जानु पर्ने स्थानमा जान नसकेका हरेक व्यक्तिसँग वास्तवमै दुःखित भएको भन्दै साउदवेस्टका सिइओ बब जोर्डनले भिडियोमार्फत क्षमा याचना गर्नुभएको छ । कीर्तिमान कडा चिसोले सबै एयरलाइन्सका लागि चुनौतीहरू ल्याएपछि विमान कम्पनीले उडानहरू रद्द गरेका जोर्डनले बताउनुभयो । 

यसैबीच, चिसोका कारण कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरू अस्तव्यस्त बनेका छन् । 

हिमपातले बिजुली कटौती हुँदा लाखौँ मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।एजेन्सी 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ३७ बजे