झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

भेनेजुएलामा पहिरोमा परी बाइसको मृत्यु, बाउन्न जना बेपत्ता

काराकास । भेनेजुएलामा बाढी र पहिरोमा परेर कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । सो पहिरोमा परेर अरु ५२ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गर्नुभएको थियो । उहाँले आइतबारदेखि तीन दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गर्नुभएको छ ।

यहाँको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरु बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपद्मा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ । यहाँको गृह मन्त्रालयले दिएको जानकारी अनुसार सो पहिरोबाट हराएकाको खोजीका लगि करिब एक हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पहिरोको नजिकका बस्तीहरुलाई पनि सार्न थालिएको छ । त्यसका लागि पनि उद्धारकर्मी तथा सुरक्षा निकायका अधिकारीहरुले खटिरहेका बताइएको छ । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : ३४ बजे