नयाँ दिल्ली । भारतका वरिष्ठ राजनीतिज्ञ मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । पूर्वसंघीय रक्षामन्त्री यादव १५ दिनदेखि दिल्ली नजिकैको एक निजी अस्पतालमा भर्ना भएका थिए । उहाँ उत्तर प्रदेशमा तीन पटकसम्म मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
उहाँको अवस्था बिग्रिएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । उहाँकाे छोरा तथा राजनीतिक उत्तराधिकारी अखिलेश यादवले सोमबार बिहान उहाँको निधन भएको पुष्टि गर्नुभएकाे हाे ।
विभिन्न दलका राजनीतिज्ञ, सार्वजनिक व्यक्तित्वहरू र सर्वसाधारणले भारतीय राजनीतिका दिग्गज यादवको मृत्युप्रति श्रद्धांजलि अर्पण गरेका छन् । यादव विगत केही वर्षदेखि बिरामी थिए र लगातार अस्पतालमा जाने गरेका थिए । उहाँ बहालवाल सांसद पनि थिए । तर, उहाँ धेरै सक्रिय थिएनन् र सार्वजनिक सभाहरूमा विरलै देखिन्थे ।
प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार ११ : १९ बजे
प्रतिक्रिया