झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रदर्शनकारीद्वारा इरानको सरकारी टिभी ह्याक

तेहरान – इरानको सरकारी टेलिभिजनलाई शनिबार प्रदर्शनकारीहरूले प्रत्यक्ष प्रसारणको क्रममा ह्याक गरेका छन् । 

देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी दक्षिणी शहर बुशेहरमा एक बैठकमा भाग लिइरहेका बेला सरकार विरोधी प्रदर्शनकारीले केही क्षण प्रसारणमा अवरोध गरेका केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ । देशभर चलिरहेको अशान्तिबारे झक्झक्याउन तथा सरकार विरोधी सन्देश प्रवाह गर्न  उनीहरूले प्रसारणमा अवरोध गरेका हुन् । 

शिर राम्ररी नढाकेको अभियोगमा केही साताअघि पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको प्रहरीले नियन्त्रणमा लिएपछि मृत्यु भएपछि देशभर शुरू भएको विरोध प्रदर्शनका क्रममा देशका विभिन्न भागमा हिंसात्मक झडप भएका छन् । त्यस क्रममा धेरैको मृत्यु भएको छ । सरकार, विपक्षी समूह, 

अन्तर्राष्ट्रिय मानवअधिकार सङ्गठन र स्थानीय पत्रकारहरूले त्यस्ता झडपमा ज्यान गुमाएकाहरूको फरक–फरक विवरण सार्वजनिक गरेका छन् । नर्वेमा रहेको इरान–केन्द्रित मानवअधिकार समूहले इरानभरि प्रदर्शन शुरू भएयता एक सय ५४ जनाले ज्यान गुमाएका जनाएको छ । 

रासस÷एएनआई

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ९ : ०३ बजे