झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

जर्मनीका पूर्व चान्सलर मर्केललाई ‘नानसेन शरणार्थी पुरस्कार’

जेनेभा – संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) ले जर्मनीकी पूर्व चान्सलर एन्जेला मर्केललाई सन् २०२२ को नानसेन शरणार्थी पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
    
    संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मर्केलको ‘नेतृत्व, साहस र करुणाले लाखौं निराश मानिसहरूको सुरक्षा सुनिश्चित गर्न’ साथै सुरक्षा चाहनेहरूका लागि ‘व्यावहारिक दीर्घकालीन समाधान’ खोज्ने उहाँको प्रयासलाई मान्यता दिएको जनाएको छ ।

    मर्केलको नेतृत्वमा जर्मनीले सन् २०१५ र २०१६ मा १२ लाखभन्दा बढी शरणार्थी तथा शरणार्थीलाई स्वागत गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    विज्ञप्तिमा भनिएको छ, “त्यस समयमा तत्कालीन चान्सलरले आफ्ना सहकर्मी जर्मनहरूलाई विभाजनकारी राष्ट्रवादलाई अस्वीकार गर्न आह्वान गर्नुभएको थियो र उनीहरूलाई ‘आत्म–विश्वास, स्वतन्त्र, दयालु र खुला दिमाग’ हुन आग्रह गर्नुभएको थियो ।” 

    शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिप्पो ग्रान्डीले मर्केलले शरण खोज्नेहरूको रक्षा गर्न र मानव अधिकार, मानवीय सिद्धान्त र अन्तर्राष्ट्रिय कानूनको पक्षमा उभिने दृढताको प्रशंसा गर्नुभएको छ । 

    ग्रान्डीले भन्नुभयो, “१० लाखभन्दा बढी शरणार्थीलाई बाँच्न र पुनः जीवन दिन सहयोग गरेर एन्जेला मर्केलले ठूलो नैतिक र राजनीतिक साहस देखाउनुभएको छ ।”

    युद्ध, उत्पीडन र मानव अधिकार उल्लङ्घनबाट भाग्न बाध्य मानिसहरूको रक्षा गर्नुका साथै पूर्व चान्सलरले शिक्षा र प्रशिक्षण कार्यक्रमहरू, रोजगार योजनाहरू र श्रम बजार एकीकरणको माध्यमबाट उनीहरूलाई लिर्न र समाजमा एकीकृत गर्न मद्दत गर्ने जर्मनीको सामूहिक प्रयासको पछाडि प्रेरक शक्ति हुनुहुन्थ्यो । 

    यूएनएचसीआरको ‘नानसेन रिफ्यूजी अवार्ड’ले शरणार्थी, आन्तरिक रूपमा विस्थापित वा राज्यविहीन व्यक्तिहरूको पक्षमा असाधारण मानवीय कार्यलाई मान्यता दिन्छ ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ४५ बजे