नयाँ दिल्ली । भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।
उत्तराखण्डमा मङ्गलवार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधवार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २० ओट शव भेटेको र अरू कैयौँ घाइते अवस्थामा रहेका बताएको छ ।
मङ्गलवार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले २० ओटा शव घटनास्थलमा नै भेटेको र अरू घाइतेलाई तत्कालै अस्पताल पुर्याइएको जनाएको छ । उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गए राति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।
सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार २ : ३६ बजे
प्रतिक्रिया