झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

श्रीलङ्कामा थप १० लाख बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिने

कोलम्बो – श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले मङ्गलबार जानकारी दिनुभएको हो । 

राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रस्तुत गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार स्वीकृति दिएको उहाँले बताउनुभयो । 

उक्त निर्णय तत्काल कार्यान्वयन गरिने सराकारका प्रवक्ताले बताएका छन् ।

उहाँले भन्नुभयो, “हालैका महिनाहरूमा, विद्यालयका बच्चाहरूको पोषणको बारेमा धेरै चिन्ताहरू भएका छन् । आर्थिक सङ्कटका कारण धेरै बालबालिका बिहानको खाजा नखाई विद्यालय आउने गरेको समाचारहरु आएका थिए । यो पहलले चिन्तालाई सम्बोधन गर्नेछ ।” 

श्रीलङ्का सरकारले यसअघि नै १० लाख ८० हजार विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइसकेको र यसबाट सरकारलाई वार्षिक एक करोड २० लाख अमेरिकी डलर खर्च हुने बताउँदै उहाँले थप १० लाख विद्यालयका विद्यार्थीलाई खाना खुवाउँदा सरकारले बेहोर्ने खर्च दोब्बर हुने बताउनुभयो ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ८ : ५६ बजे