झ्याप्लेखोलाबाट २५ शव निकालियो

काबुल विस्फोटमा परीक्षार्थीसहित १९ जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शीहरू छन् । सहरको पश्चिममा रहेको दस्त–ए–बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन् । 

बम हमला हुँदा विद्यार्थीहरूले परीक्षा दिइरहेका थिए । आक्रमणको कुनै समूहले लिएको छैन । 

आक्रमण भएको क्षेत्रमा अल्पसङ्ख्यक हजराजको बाहुल्यता छ , जसलाई बारम्बार इस्लामिक स्टेट (आइएस) लडाकुले निशाना बनाइरहेका छन् । स्थानीय टिभी र सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा नजिकैको अस्पतालमा शवहरू भुईँमा छरपस्ट फैलिएको देखिन्छ ।एजेन्सी

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ४१ बजे