झ्याप्लेखोलाबाट २५ शव निकालियो

पुटिनले दिए सैन्य परिचालनको आदेश

मस्को ।​​​​​​​ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिनुभएकाे छ । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गर्नुभएकाे हाे । 

देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय 'मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्न' लिएको बताउनुभयाे।

यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौं', पुटिनले भन्नुभयाे ।
 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १२ : ५६ बजे