झ्याप्लेखोलाबाट २५ शव निकालियो

पाकिस्तान बाढी : थप सैतीसको मृत्यु, बयानब्बे जना घाइते

इस्लामावाद ।  पाकिस्तान विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने अन्य ९२ जना घाइते भएका छन् । 

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउनेमध्येमा १६ बालबालिका र सात महिला रहेका छन् । यो वर्षको वर्खेझरीका कारण देशका विभिन्न स्थानमा बाढी आउँदा एक हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार  आठ सय ५० जना घाइते भएका छन् । 

देशभर परेको भीषण  वर्षा र त्यसपछिको बाढीले १९ लाख २० हजार घर ध्वस्त भएका तथा नौ लाख ३५ हजार सात सय ९५ चौपाया मरेका छन् ।   बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले  उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् । 
 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : १३ बजे