झ्याप्लेखोलाबाट २५ शव निकालियो

घानाका १४० विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति

केप कोस्ट ।  चिनियाँ अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेकामा केप कोस्ट विश्वविद्यालयमा आयोजित एक समारोहमा १४० जना विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति प्रदान गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै घानाका लागि चिनियाँ राजदूत लु कुनले छात्रवृत्तिले सबै तहका घानाका विद्यार्थीहरूलाई चिनियाँ भाषाको अध्ययनमा उत्कृष्ट बनाउन मद्दत गर्ने आशा व्यक्त गरेका छन्।
"चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेको हुँदा चीनलाई राम्रोसँग बुझ्न मात्र होइन, चीनको विकासबाट लाभान्वित हुन समेत चिनियाँ अध्ययन आवश्यक छ," राजदूतले भन्नुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै चीनमा अध्ययन गर्न चाहने घानावासीलाई चिनियाँ दूतावास सहयोग गर्न तयार रहेको लूले विद्यार्थीहरुलाई बताउँनु भएको हो  ।

विश्वविद्यालयका उपकुलपति जोन्सन न्यार्को बोम्पोङले चिनियाँ भाषाको महत्त्व  अझ बढ्दै गएको बताउँनु भएको छ। हउँले भन्नुभयो-"चिनियाँ भाषाले अवसरहरूको  ढोका खोल्ने साँचोहरू प्रदान गर्दछ। घानामा चिनियाँ उद्यमहरूको बढ्दो सङ्ख्यामा धेरै रोजगारीका अवसरहरू छन्,।" यस किसिमको छात्रवृद्धिबाट लाभान्वित हुन समेत उहाँले आग्रह गर्नु भएको छ ।
 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १ : २१ बजे