झ्याप्लेखोलाबाट २५ शव निकालियो

चिनियाँ राष्ट्रपति सि काजख्स्तान र उज्बेकिस्तान जाने

बेइजिङ ।  चीनका राष्ट्रपति सि चिनफिङ बुधबार काजख्स्तान र उज्बेकिस्तान भ्रमणमा जानुहुने भएको छ ।उज्बेकिस्तानमा हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शीर्ष नेताहरुको बैठकमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । 

बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उहाँले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरुले जनाएका छन् । भेटवार्ताका क्रममा उहाँले सबै शीर्ष नेताहरुसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ ।  

उहाँको दुई देशको भ्रमण आगामी शुक्रबारसम्म हुने अधिकारीहरुले जानकारी दिएका छन् । यस बर्ष चीन र काजख्स्तानको  कुटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वर्ष भएकाले पनि उहाँले भ्रमणलाई महत्व दिनु भएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमण गर्न लाग्नु भएको हो । तीन दिन लामो भ्रमणको पहिलो दिन उहाँ बुधबार काजख्स्तान जानुहुने भएको छ । उहाँले उज्बेकिस्तानमा हुने सम्मेलनमा भने बिहीबार सहभागीता जनाउनु हुने भएको छ । 

सम्मेलनमा उज्बेकिस्तान, काजख्स्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तानका शिर्ष नेताहरुको सहभागीता रहने जनाइएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ४८ बजे