बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्नुहुने भएको छ । कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखि हालसम्म उहाँको यो पहिलो विदेश भ्रमण भएको बेइजिङले सोमबार जानकारी दिएको छ ।
सीले उज्बेकिस्तानको समरकन्दमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को नेताहरुको शिखर सम्मेलनमा भाग लिन लाग्नु भएको जनाइएको छ । बुधवारदेखि शुक्रबारसम्म कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्नुहुने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
एससीओ चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरु कजाकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान मिलेर बनेको छ ।यस शिखर सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेक शहर समरकन्दमा हुने भएको छ । यसअघि चीनका राष्ट्रपति सन् २०२० जनवरीमा म्यान्मारको भ्रमणमा जानु भएको थियो । उहाँ फर्केर केही दिनपछि पूरै वुहान सहरलाई कोरोना भाइरस प्रकोप छोपेको थियो ।
प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार २ : २९ बजे
प्रतिक्रिया