झ्याप्लेखोलाबाट २५ शव निकालियो

बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ।  

बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ ।

“राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गर्नुभएको छ”, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।

बाइडेनसँगै प्रथम महिला पनि अन्त्येष्टिमा सहभागी हुनुहुनेछ ।

यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो । 

बाइडेनले राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने नगर्ने बारेमा ह्वाइट हाउसले कुनै खुलासा गरेको छैन ।एजेन्सी

 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १० : ०९ बजे