झ्याप्लेखोलाबाट २५ शव निकालियो

संयुक्त राष्ट्रसङ्घको विश्व सम्मेलन : आतङ्कवाद पीडितलाई सहयोग

संयुक्त राष्ट्रसङ्घ । आतङ्कवाद पीडितहरूलाई सहयोग सुदृढ गर्ने प्रतिबद्धताका साथ न्यूयोर्कस्तथत संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आतङ्कवाद पीडितहरूको पहिलो संयुक्त राष्ट्रसङ्घको ग्लोबल कङ्ग्रेस शुक्रबार सम्पन्न भएको छ।

आतङ्कवादका पीडितहरूको अधिकार र आवश्यकतालाई अगाडि बढाउँदैू भन्ने विषय रहेको कङ्ग्रेसले आतङ्कवादको सामना गर्न र हिंसात्मक चरमपन्थलाई रोक्न पीडित(केन्द्रित दृष्टिकोण अपनाउने लक्ष्य राखेको, आयोजक संयुक्त राष्ट्रसङ्घको  प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

सो सम्मेलनमा विश्वका २५ देशका करिब १०० जना आतङ्कवाद पीडितहरूसहित ६०० भन्दा बढी सहभागीहरू  उपस्थित थिए। प्रति(आतङ्कवादका उपमहासचिव भ्लादिमिर भोरोन्कोभले अध्यक्षको सारांशको प्रस्तुतीकरणको साथ कङ्ग्रेस सम्पन्न गरिएको थियो। 

आफ्नो टिप्पणीमा उपमहासचिव भोरोन्कोभले आतङ्कवादबाट पीडितहरूको अधिकारलाई प्रवर्द्धन गर्न र उनीहरूको आर्थिक, कानुनी, चिकित्सा र मनोसामाजिक आवश्यकताहरूलाई अझ राम्रोसँग समर्थन गर्न तीन(पक्षीय दृष्टिकोण  आवश्यक रहेको  बताउनु भएको  थियो।  

अध्यक्षको निष्कर्ष मन्तव्यले सन् २०२३ मा आतङ्कवादका पीडितहरूको संयुक्त राष्ट्रसंघ कार्यालयमा उपस्थितिको शुरुवातको पनि पूर्वानुमान गर्ने आँकलन गरिएको छ जसले पीडित, पीडित संघहरू र नागरिक समाजका विभिन्न सङ्गठनहरूलाई आतङ्कवादबाट पीडित र बाँचेकाहरूको अधिकारलाई अगाडि बढाउन एकसाथ ल्याउने विश्वास गरिएको छ।

ग्लोबल कङ्ग्रेस आतङ्कवादका पीडितहरूलाई समर्थन गर्न र तिनीहरूको विश्वव्यापी एकतालाई बलियो बनाउनको लागि महत्त्वपूर्ण पहिलो कोसेढुङ्गाको रूपमा लिइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ३ : १५ बजे